घलेम्दी हाइड्रोको हकप्रद सेयर भर्नु भयो ? आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १६ पुस २०८०
Image description

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा गत मंसिर १० गतेदेखि निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अर्थात पुस १६ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले हकप्रदबाट उठाएको रकमलाई संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको चुजुङ खोला हाइड्रोपावर प्रोजेक्टको ५१ प्रतिशत सेयरमा लगानी गर्ने योजना बनाएको छ । चुजुङ खोला आयोजना सांग्रीला उर्जा प्रालिबाट प्रवद्र्धित कम्पनी हो ।

कम्पनीले कात्तिक ३ गतेलाई हकप्रदका लागि बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ कात्तिक ३ गतेभन्दा अघिल्लो दिनसम्म कायम घलेम्दीका सेयरधनी हकप्रद आवेदन दिन योग्य हुनेछन् । हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६५ करोड पुग्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर