यी हुन् सांग्रिला डेभलपमेन्ट बैंकका ठूला सेयरधनी, कसको स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २० मंसिर २०८०
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा विभिन्न २० व्यक्तिको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २० व्यक्तिको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा सबैभन्दा ठूला सेयरधनी विश्वास गौचनको १.९६ प्रतिशत अर्थात् ६ लाख ४० हजार ९०९.५४ कत्तिा रहेको छ । यस्तै, राजेश नारायण श्रेष्ठ १.७८ प्रतिशत अर्थात् ५ लाख ८२ हजार ५७.९३ कित्ता, उज्ज्वल सत्यालको १.५२ प्रतिशत अर्थात् ४ लाख ९५ हजार ८१८.१६ कित्ता सेयर स्वामितव रहेको छ ।

त्यसै गरी शोभा मिश्राको १.०८ प्रतिशत अर्थात् ३ लाख ५३ हजार ३७२.१५ कित्ता, ज्योति शेरचन गौचनको ०.९३ प्रतिशत अर्थात् ३ लाख ४ हजार ३९८.६४ कित्ता, अच्युत प्रसाद प्रसाईको ०.९२ प्रतिशत अर्थात् ३ लाख १ हजार १२.९२ कित्ता, रमेश कुमार काण्डुको ०.८६ प्रतिशत अर्थात् २ लाख ८१ ह्जार ७७२.१२ कित्ता, माधव प्रसाद मैनालीको ०.८५ प्रतिशत अर्थात २ लाख ७९ हजार ३१८.७४ कित्ता, राजेश कुमार श्रेष्ठको ०.८१ १.७८ प्रतिशत अर्थात् २ लाख ६३ हजार ९६६.९३ कित्ता रहेको छ ।

ठूला सेयरधनी, कसको स्वामित्व कति ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर