महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

प्रकाशित:
२७ कात्तिक २०८१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
इच्छुक खरिदकर्ताले आफूले प्रतिकित्ता के कति दररेटमा लिन कबुल गर्ने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आज (कात्तिक २७) देखि मंसिर ३ गते दिउँसो ३ बजेसम्म शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग ठमेल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares