न्यादी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

अर्थकागज
प्रकाशित: २६ माघ २०८१
Image description

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आवको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा २७.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १० करोड ६४ लाख रुपैयाँबाट घटेर ८६ लाख ५५ हजार रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा २४ करोड ५२ लाख रुपैयाँबाट घटेर २१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५४ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर