ब्रोकर खाता खोल्दा के को कुरामा ध्यान दिनु पर्छ ? विश्लेषक नवराज दाहालको ९ सुझाव
सेयर बजारमा बढ्दो आकर्षणसँगै ब्रोकर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढ्दो छ । ब्रोकरमा खाता खोल्दा के के कुरामा ध्यान दिनु पर्छ ? सेयर बजारका चर्चित विश्लेषक ’नवराज दाहाल’ को ९ सुझाव यस्ता छन् ।
ब्रोकर खाता खोल्दा ध्यान दिनुपर्ने अत्यन्त महत्वपूर्ण जानकारी हरु...
1ब्रोकर खाता खोलिदिने नाम मा नचिनेको मान्छे वा दलालहरुलाई आफ्नो बैङ्कको खाता नम्बर, डिम्याट नम्बर,फोटो, सिग्नेचर, नागरिकताको फोटोकपी वा आफ्नो कुनै पनि जानकारी दिनु हुँदैन । तपाइको डकुमेन्ट दुरुपयोग भयो भने तपाईंलाई पुलिस केस वा जेल पर्न सक्नुहुन्छ।
2 ब्रोकर खाता खोलेको शुल्क लाग्दैन नियामक निकायले तोके अनुसार मात्र शुल्क तिर्ने हो .... Free मा ब्रोकर खाता खोल्न आउनुस भन्दै सामाजिक संजालमा धेरै बिज्ञापन देखिन्छ त्यस्ता बिज्ञापन मार्फत कदापि खाता नखोल्नु होला ... आफैले Google मा गएर " Broker Company List " लेखेर Search गर्नुहोस् अथवा आफ्नो घर वा अफिस नजिकैको ब्रोकर कम्पनीमा सम्पर्क गर्नुहोला।
3 ब्रोकर खाता अनलाइनबाट फ्रि मा सजिलै आफै खोल्न सकिन्छ कसैलाई पैसा दिनु पर्दैन/हुदैन । यदि आफै खाता खोल्न जान्नुहुन्न भने आफुले चिनेको र आफुलाई बिस्वास भएको ब्यक्तिसग मात्र सहयोग लिनुहोला ।
4 वित्तीय कामको लागि खोलिने खातामा KYC Verification को लागि फोन/भिडियो मार्फत गर्ने कार्य सुरु भैसकेको छ ... सकेसम्म 5 मिनेटको लागि आफै अफिस जानु धेरै राम्राे हुन्छ यदि आफै उपस्थित हुन सकिदैन भने भिडियो मार्फत Verification गराउनु होला ....
5 वित्तीय कामको लागि ब्रोकर खाता खोल्दा सम्पूर्ण कुरा बुझेर मात्र अगाडी बढ्नु होला .....सकेसम्म आफुलाई आवस्यक पर्ने प्रकिया के के हुन् भनेर स्पस्ट बुझ्नु होला .....ब्रोकर/सस्थाको इमेल वा नम्बर लिएर सकेसम्म लिखितमा कुराकानी गर्नु होला .. यदि लिखितमा कुराकानी गर्न सकियो भने भबिस्यमा आउने समस्या समाधानको लागि नियामक निकायमा उजुरी गर्न सजिलो पर्ने छ
6 ब्रोकर खाता खोल्दा ब्रोकर अफिसका निम्न कर्मचारीको नाम नम्बर लिनुहोस् र फोनमा सेभ गर्नुहोस्
- पैसा पाउन वा पठाउदा समस्या आयो भने सम्पर्क गर्ने व्यक्ति
- सेयर खातामा आएन वा कम आयो भने सम्पर्क गर्ने व्यक्ति
- सेयर किन्ने लिमिट (collateral ) ब्यबस्थापन गर्ने व्यक्ति
- सम्बन्धित कर्मचारीले सुनेन भने अफिसमा कुरा गर्ने अफिस इन्चार्ज
7 यदि रेगुलर कारोबार गर्नुहुन्छ भने सम्भब भएसम्म महिनामा एक पटक । महिनामा सकिदैन भने ३-३ महिनामा । त्यो पनि सकिदैन भने 6 -6 महिनामा एक पटक र 6 - 6 महिनामा पनि सकिदैन भने बर्समा 1 पटक चै अनिबार्य रुपमा ब्रोकरबाट अकाउन्ट लेजर मेलमा मगाएर डिटेल्स चेक गर्नुहोला । सेयर खरिद बिक्रेको समयमा मोबाइल वा इमेलमा आउने जानकारी मात्र हो त्यो फाइनल हिसाब मिलान हैन। फाइनल हिसाब मिलान लेजरमा मात्र हेर्न सकिन्छ ।
8 ब्रोकरमा आफ्नो प्यान नम्बर अपडेट गराउनु होला प्यान अपडेट गराउदा आफुले गरेको प्रत्यक कारोबारमा सरकारलाई तिरेको करको विवरण म्यासेजमा प्राप्त गर्न सकिन्छ ।
9 ब्रोकरले कहिलेकाही आफ्नो गल्ति पनि नेप्सेले हेर्ने हो भन्दै दुख दिन सक्छ... ब्रोकरलाइ नियमन गर्ने निकाय नेप्से हो । कुनै कुरामा ब्रोकरले अनाबस्यक दुख दिएमा नेप्सेमा उजुरी दिन सकिन्छ ।
प्रतिक्रियाहरू
Mamata Paudel
5 months ago
मलाई broker account खोल्न थियाे कसरी खोल्नी होला?? अनलाइन बाट मिल्छ कि मिल्दैन??
Shares