क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड !

अर्थकागज
प्रकाशित: ०४ चैत २०८१
Image description

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ आज अर्थात चैत्र ५ गते बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान ८ः३० बजे आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

क्रेस्टले फागुन २२ देखि फागुन २६ गतेसम्म आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। आईपीओमा माग भन्दा आवेदन धेरै परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।


प्रतिक्रियाहरू

ओम प्रकाश न्यौपाने

1 year ago

Merosar

सम्बन्धित खबर