अरुण भ्यालीको १०० प्रतिशत हकप्रद नेप्सेमा सुचिकृत


अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
कम्पनीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सोमबार नेप्सेमा सुचिकृत भएको हो ।
कम्पनीले अवितरित १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयरलाई वैशाख १० गतेदेखि लिलामीमा ल्याएको थियो उक्त लिलामी सेयरको कटअफ मूल्य प्रतिकित्ता १४३.५० रुपैयाँ कायम भएको थियो ।
उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १४ गतेसम्म कायम लगानीकर्ताहरु मात्र हकप्रद सेयरमा आवेदन गर्न योग्य थिए ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
Shares