कोष व्यवस्थापन कम्पनीको १५.७८ प्रतिशत लाभांश घोषणा

प्रकाशित:
०९ मंसिर २०८१

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट लाभांश घोषडाा गरेको छ । कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान साढे ११ बजे कृषि विकास बैंकको मुख्य कार्यालयमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares