नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
काठमाडौं । पहिलो पटक कोरम नपुगेर स्थगित भएको नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा फेरी स्थगित भएको छ । आज अर्थात शुक्रबार पनि साधारणसभाको कोरम नपुगेपछि स्थगित भएको हो ।
कम्पनीले २७ औं वार्षिक साधारणसभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा विहान ११ बजे साधारणसभा बोलाएको थियो । सभामा सेयरधनीको बाक्लो उपस्थिति भएपनि साधारणसभा गर्न चाहिने (दोस्रो पटक २५ प्रतिशत) सेयरधनीको उपस्थिति वा प्रोक्सीमा हाजिर नभएका कारण स्थगित भएको कम्पनी सचिव सन्जिव लामाले सभामा बताएका थिए ।
हरेक वर्ष यस कम्पनीको साधारणसभा पहिलो पटकमा स्थगित भई दोस्रो पटक हुने गरेको थियो । यस वर्षमा पनि पहिलो पटक मंसिर २२ गते कोरम नपुगेर स्थगित भएको थियो । अघिल्ला वर्षहरुमा चाही कम्पनीले दोस्रो पटक साधारणसभा गर्दा नक्कली हस्ताक्षेर गरेर प्रोक्सी बनाई साधारणसभा गर्ने गरेको कर्मचारी बताउँछन् ।
यस पटक भने सेयरधनीहरुले विहीबार मात्रै रजिष्ट्रार कार्याल र कम्पनीको सेयर व्यवस्थापन गर्दै आईरहेको ग्लोबल आईएमई ग्यापिटलमा सेयरधनीहरुले हस्ताक्षर भेरिफिकेशन (प्रमाणीत) गराउन निवेदन दिएको थियो । निवेदन परेपछि सञ्चालक समितिले नक्कली नक्कली हस्ताक्षेर गरेर प्रोक्सी बनाउन पाएनन् । नक्कली प्रोक्सी बनाउन नपाएपछि साधारणसभा स्थगित भएको हो ।
शुक्रबार विहान तामझामको साथ साधारणसभा सम्पन्न गर्न सञ्चालक समितिका कार्यकारी अध्यक्ष कुमार पाण्डे र विश्वेश्वर सुवेदीको टोली ठिक १० बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा पुगेका थिए ।
बैंक्वटमा दाल, भात, अचार, मासु पाकिसेको थियो । सभाहल र खानाको हलसँगै थियो । सञ्चालकहरुको दाउ भने भने साधारणसभा सुरु हुने वित्तिकै खानाको हल खोल्ने र छिटो भन्दा छिटो साधारणसभा गरेर बाहिरिने दाउमा रहेको थियो । तर, सञ्चालक समितिका कामकारबाहीले कम्पनीमा परेको असरका बारेमा अध्ययन गर्दै आईरहेका केही लगाीकर्ताहरुले भने सेयरधनीहरुको उपस्थिति र प्रोक्सीको हस्ताक्षर भेरिफिकेशन (प्रमाणीत) खोजिरहेका थिए ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
baGCREmHplsv
2 years ago
cuijXWYQx
baGCREmHplsv
2 years ago
cuijXWYQx
baGCREmHplsv
2 years ago
cuijXWYQx
Shares