नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !


काठमाडौं । पहिलो पटक कोरम नपुगेर स्थगित भएको नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा फेरी स्थगित भएको छ । आज अर्थात शुक्रबार पनि साधारणसभाको कोरम नपुगेपछि स्थगित भएको हो ।
कम्पनीले २७ औं वार्षिक साधारणसभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा विहान ११ बजे साधारणसभा बोलाएको थियो । सभामा सेयरधनीको बाक्लो उपस्थिति भएपनि साधारणसभा गर्न चाहिने (दोस्रो पटक २५ प्रतिशत) सेयरधनीको उपस्थिति वा प्रोक्सीमा हाजिर नभएका कारण स्थगित भएको कम्पनी सचिव सन्जिव लामाले सभामा बताएका थिए ।
हरेक वर्ष यस कम्पनीको साधारणसभा पहिलो पटकमा स्थगित भई दोस्रो पटक हुने गरेको थियो । यस वर्षमा पनि पहिलो पटक मंसिर २२ गते कोरम नपुगेर स्थगित भएको थियो । अघिल्ला वर्षहरुमा चाही कम्पनीले दोस्रो पटक साधारणसभा गर्दा नक्कली हस्ताक्षेर गरेर प्रोक्सी बनाई साधारणसभा गर्ने गरेको कर्मचारी बताउँछन् ।
यस पटक भने सेयरधनीहरुले विहीबार मात्रै रजिष्ट्रार कार्याल र कम्पनीको सेयर व्यवस्थापन गर्दै आईरहेको ग्लोबल आईएमई ग्यापिटलमा सेयरधनीहरुले हस्ताक्षर भेरिफिकेशन (प्रमाणीत) गराउन निवेदन दिएको थियो । निवेदन परेपछि सञ्चालक समितिले नक्कली नक्कली हस्ताक्षेर गरेर प्रोक्सी बनाउन पाएनन् । नक्कली प्रोक्सी बनाउन नपाएपछि साधारणसभा स्थगित भएको हो ।
शुक्रबार विहान तामझामको साथ साधारणसभा सम्पन्न गर्न सञ्चालक समितिका कार्यकारी अध्यक्ष कुमार पाण्डे र विश्वेश्वर सुवेदीको टोली ठिक १० बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा पुगेका थिए ।
बैंक्वटमा दाल, भात, अचार, मासु पाकिसेको थियो । सभाहल र खानाको हलसँगै थियो । सञ्चालकहरुको दाउ भने भने साधारणसभा सुरु हुने वित्तिकै खानाको हल खोल्ने र छिटो भन्दा छिटो साधारणसभा गरेर बाहिरिने दाउमा रहेको थियो । तर, सञ्चालक समितिका कामकारबाहीले कम्पनीमा परेको असरका बारेमा अध्ययन गर्दै आईरहेका केही लगाीकर्ताहरुले भने सेयरधनीहरुको उपस्थिति र प्रोक्सीको हस्ताक्षर भेरिफिकेशन (प्रमाणीत) खोजिरहेका थिए ।
ग्यापिटलले सेयरधनीहरुको उपस्थिति र प्रोक्सीको हस्ताक्षर भेरिफिकेशन (प्रमाणीत) मा टाइट गरेपछि उनीहरु साधारणसभा स्थगित गर्न सञ्चालक समिति बाध्य भएका थिए ।
साधारणसभा स्थगित भएपछि सेयरधनी रामकृष्ण श्रेष्ठले चर्काे विरोध गरेका छन् । साधारणसभा गर्न नसक्ने सञ्चालक समितिका कार्यकारी अध्यक्ष र सदस्यहरुले तत्काल समितिबाट राजिनामा दिनु पर्ने श्रेष्ठले बताए । अब हामी नेशनल हाईड्रो पावरको साधारणसभा गरिदिनु पर्यो भन्दै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा जाने श्रेष्ठले सुनाए ।
नेशनल हाईड्रो पावरको हकप्रदबाट उठेको रकम सञ्चालक समितिले हिनामिना गरेको, कम्पनीको खर्चमा सञ्चालकहरुको परिवार सवै सदस्य अन्तर्राष्ट्रिय भ्रमण, पाँच तारे होटलमा मोजमास्ती गर्दै आईरहेको सेयरधनीको सञ्चालकमाथि आरोप छ । त्यसै गरी कुमार पाण्डेले सञ्चालक समितिको अध्यक्ष र कम्पनीको कार्यकारी एकै जनाले कब्जा गरी कम्पनी भित्र आर्थिक हिनामिना गरेको सेयरधनीले आरोप लगाएका छन् । पाण्डेले साधारणसभाबाट तलव भत्ता पारित नगरी आफुखुसी कम्पनीबाट तलव भत्ता बापत मोटो रकम बुझ्दै आईरहेका छन् ।
७ जना सञ्चालक समितिमा अहिले ५ जना मात्रै छन् । अपुरो संचालक समितिको कामकारवाही प्रति सेयरधनीले आवाज उठाएका हुन । नेशनल हाईड्रो पावर कम्पनीको आम्दानी र हकप्रदबाट उठेको रकम संचालकले जथाभावी प्रयोग गर्दा नेशनल हाईड्रो पावर कम्पनीका सेयरधनीले अबको १० वर्ष प्रतिफल नपाउनेमा चिन्ता सेयरधनीले गरेका छन् । कम्पनीले लगानी गरेको अन्य कम्पनीमा सञ्चालक समितिको सदस्यहरुको आफन्तलाई भर्ति गर्ने थलो बनाएको समेत सेयरधनीले आरोप लगाएका छन् ।
प्रतिक्रियाहरू
baGCREmHplsv
1 year ago
cuijXWYQx
baGCREmHplsv
1 year ago
cuijXWYQx
baGCREmHplsv
1 year ago
cuijXWYQx
Shares