पौष २९ गते ३ दर्जन कम्पनीको साधारण सभा

अर्थकागज
प्रकाशित: २० पुस २०८०
Image description

केही दिन पहिले भएको एउटा कम्पनीको साधारण सभामा केही सेयरधनिहरु माझ पौष २९ गते परेको साधारण सभाको बारेमा चर्चा चलेको थियो । पौष २९ गते उपत्यका र उपत्यका बाहिर गरि लगभग ३ दर्जन कम्पनीहरुको साधारण सभा हुने भएके छ । एकै दिन यतिका कम्पनीहरुको साधारण सभा परेको कारणले सेयरधनिहरु अलमलमा परेको बताइरहेका थिए । केही सेयरधनीहरु भन्दै थिए म सँग २ दर्जन कम्पनीहरुको सेयर छ त कोहि म सँग ३० वटा कम्पनीहरुको सेयर छ भनेर कहाँ जाने त ? भनेर गुनासो गरिरहेका छन भने कतिपयले भने जहाँ टन्न खाना खुवाउँछ त्यहाँ जाने नि भनेर ठट्टा पनि गरिरहेका थिए । त्यसो त कतिपय सेयरधनीहरुको सभामा प्रस्ताब र एजेणडामा भन्दा पनि खाना र खाजामा नै झुमिनेहरु पनि नभएका होइनन भने कतिपयले त आफ्नो आफ्ना परिवारको मात्र नभइ आफन्त साथिभाईहरुको समेत हाजिर गरेर झोला भरी खाजाहरु घरमा लाने गरेको पनि देख्न सकिन्छ साधारण सभाहरुमा ।

 त्यसोत कतिपयको भनाइमा भने साधारण सभामा बोल्ने वक्ता सेयरहरुलाइ सबभन्दा बढि घाटा भयोनि भनेर ब्यङ्ग पनि गरेको सुनियो । कतिपय सेयरधनिहरुको भनाइमा साधारण सभामा बोल्ने गरेका सेयरधनिहरुलाइ कम्पनीले भत्ता दिने गरेको बताइरहेको पनि सुनियो । शायद यहि कारणले पनि होला बृद्ध भत्ता पाई सकेका बृद्धहरु पनि सभामा बोल्नको लागि भए पनि आउने गरेको होला । फनलाइट सभामा बोल्ने बक्ता सेयरधनीहरुलाई भत्ता दिने भनेको अनिमियता होइन र ? त्यसोत यस्तो चर्चाहरु सबै जसो साधारण सभाहरुमा हुने गरेका छन । पोष २९ गते थप्रै कम्पनिहरुको साधारण सभा बिगतको बर्षहरुमा पनि गरेका थियो । यस बर्ष पनि पौष २९ गते दिन ३ जति दर्जन कम्पनीहरुको बार्षिक साधारण सभा हुने भएको छ । एकै दिन एकै समयमा यति धेरै कम्पनीहरुले किन साधारण सभा गर्न परेको भनेर पनि असन्तुष्टि जाहेर गरेका छन ।

एक आर्थिक बर्ष समाप्ति पछिको ६ महिना भित्र यानि पौष मसान्त भित्र कम्पनीहरुले आ आफ्नो बार्षिक साधारण सभा गर्नु पर्ने कम्पनी ऐनमा ब्यबस्था गरेको छ । यदि पौष महिना भित्र कम्पनीहरुले आफ्नो बार्षिक साधासण सभा गर्न सकिएन भने गरेन भने पौष महिना नाघेपछि सभा गर्दा जरिवाना तिर्न पर्ने हुन्छ । यसकारणल पनि हतार हतारमा भए पनि सबै जसो कमपनीहरुले पौष महिनाको मसान्तमा भएपनि साधारण सभा गर्ने गरेका हुन भन्दा पनि फरक नपर्ला । त्यसै गरि पौष मसान्त भित्र साधारण सभा गार्दा जरिवानाबाट पनि बच्ने र समयमा नै साधारण सभा गरेको पनि देखिने हुनाले हतार हतारमा भए पनि आफ्नो साधारण सभा पौष मसान्तमा सभा गरेका हुन् । त्यसोत कतिपय सरोकारवालाहरुको भनाइमा आर्थिक बर्ष समाप्तिपछि ६ ६ महिनाको समयअबधि भए पनि किन पौष मसान्तमा ने धेरैले साधारण सभाहरु गर्ने गरेको अगाडिको महिनाहरुमा अगाडिका दिनहरुमा गरेको भए त भइ हाल्छनी भनेर पनि भन्ने गरेका छन् । कतिपय कम्पनीहरुले पौष महिना भन्दा पहिलाको महिनाहरुमा गर्ने गरेका पनि छन् । कतिपय कम्पनीहरुले त दशैं अगाडिने आफ्नो बाष्ृिाक साधारण सभा गर्ने गरेका छन् । कतिपय कम्पनीहरुले त दशैमा नै सेयरधनीहरुको हात हातमा नगद लाभाश पुगोस् भनेर दशैं अगाडिनै साधारण सभ ागर्ने गरेका छन् ।

नेप्सेमा सुचिकृत पब्लिक लिमिटेड कम्पनिहरुले एक आर्थिक बर्षको समाप्ति पछि बार्षिक साधारण सभा गर्न पर्छ । चालु आर्थिक बर्ष समाप्तिपछि गरिने बार्षिक साधारण सभामा कम्पनीले समिक्ष बर्षमा भए गरेका काम कारवाहि गतिबिधिको प्रतिबेदन कम्पनीले साधारण सभामा पेश गर्न पर्ने हुन्छ ।त्यसैगरि बार्षिक साधारण सभामा कम्पनीले आगामि दिनहरुमा गरिने भावि योजनाहरको बारेमा पनि साधारण सभामा जानकारि दिने गरेका छन् । साधारणसभामाम समिक्षा बर्षमा कम्पनीले गरेको गतिबिधको प्रतिबेदन प्रस्ताबहरु साधारण सभामा बहुमतले पारित गर्नु पर्छ त्यस पछि मात्र लागू हुने प्राबधान रहेका छन् । यसको लागि पनि बार्षक साधारण सभा महत्वको हुन्छ । बार्षिक साधारण सभाहरु कम्पनीहरुको लागि मात्र नभइ सेयरधनि लगानीकर्ताहरुको लागि पनि महत्वपुर्ण हुने गरेका छन् ।

एकै दिन एकै समयमा धेरै कम्पनीहरुले साधारण सभा डाक्ने गरेकोमा अधिकाश सेयरधनहिरुको भनाइमा कम्पनीहरुले एकै दिन एकै समयमा थुप्रै कमपनीहरुको बार्षिक साधारण सभाहरु नपारेको भए हुन्थ्यो भन्ने रहेका छन् । पुँजी बजारका धेरै जसो सेयरधनी लगानिकर्ताहरुँंग एक २ कम्पनीको मात्र नभइ थुप्रै कम्पनीहरुको सेयरहरु हुने गरेका छन् । कतिपय सेयरधनी लगानीकर्ताहरुसंग त सय भन्दा धेरी कम्पनीहरुको सेयर हुने गरेका छन् । दश १२ कम्पनीको सेयरहरु हुनेहरु भनेको त सामान्य नै हुन भन्दा पनि फरक नपर्ला । सबै जसो साधारण सभाहरुमा बोल्ने गरेका चर्चित सेयरधनीले साधारण सभाहरुमा बेला बेलामा भन्ने गरेका छन कि आफुसंग २ सय भन्दा बढि कमपनीहरुको सेयर रहेको छ । एकै ब्यक्तिसंग धेरै कम्पनीहरुको सेयर हुने गरेकोले पनि एकै दिन एकै समयमा धेरै कम्पनीहरुको बार्षिक साधारण सभा हुने गरेको कारणले आफु कुन कम्पनीको साधारणसभामा भाग लिन पुग्ने हो अलमलमा पर्ने गरेको धेरै जसो सेयरधनिहरको भनाइ रहेका छन् । सबै साधारण सभाहरुमा भाग लिन सम्भब पनि हुन्दैन त्यसो त साधारण सभाहरुमा भाग लिने सेयरधनी लगानीकर्ताहरुको अधिकार पनि हो । एकै दिन धेरै कम्पनीहरुको साधारण सभाहरु हुने गरेकाले सेयरधनीहरु आफ्नो अधिकारबाट बन्चित हुन परेको छ । त्यसोत एकै दिन एकै समयमा धेरै कम्पनीहरुको साधारण सभा पर्ने गरेको कारणले साधारण सधाहरुमा सेयरधनिहरुको उपस्थिति न्युन मात्र हुने गरेका छन् ।

त्यसोत सेयरधनीहरु संग कतिवटा कम्पनीहरुको सेयर छन र धेरै कम्पनीहरुको सेयर भए पनि साधारण सभामा भाग लिनबाट बन्चित होस यसमा सरोकारवाला कम्पनीहरुलाइ त्यति चासोको बिषय पनि होइन । कम्पनीहरुले आफ्नो परिस्थिति समयानकुल आफुलाई उपयुक्त भए अनुसार बार्षिक साधारण सभाहरु गर्ने गरिन्छ । बार्षिक साधारण सभा गर्न सेयर सख्याको ५१ प्रतिशत र ३ जना सेयरधनीहरुको उपस्थिति भए साधारण सभा सचालन गर्न सकिने ब्यबस्था गरेको छ कम्पनी एनले । अधिकाश कम्पनीहरुमा सस्थापक सेयरधनीहरुको सेयरको संख्या प्रतिशत ५१ प्रतिशत हुने हुनाले सबै सस्थापक सेयरधनीहरुको र ३ जना सर्बसाधारण सेयरधनीहरुको उपस्थित भए र कतिपयले प्रोक्सी मार्फट पनि आफ्नो उपस्थिती जनाउने भएकोले सभा सचालन गर्न बाधा हुँदैन । त्यसोत साधारण सभा गर्ने कम्पनीहरुले अरु कम्पनीहरुसँग सल्लाह गरेर पनित साधारण सभा गर्ने कुरा पनि आएन नि कि कसो । तर, पनि पौष महिनामा नै गर्न परे पनि पौष महिनामा त २९ दिन हुन्छ नि अनि किन पौष २९ गते नै गर्न परेको भनेर पनि सेयरधनीहरुले भन्ने गरेका छन् । आउने बर्षहरुमा कम्पनीहरुले यसमा ध्यान दिन्छ होला नै ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर