मलेखु-मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

अर्थकागज
प्रकाशित: ३० जेठ २०८२
Image description

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।

मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर