हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०६ फागुन २०८०
Image description

नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीको ४ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय २० रुपैयाँ २९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रुपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रियाहरू

lal bar Budha

1 year ago

30

Ramlakhan prasad yadav

1 year ago

645

Ramlakhan prasad yadav

1 year ago

645

Manoj prasad yadav

1 year ago

6450

सम्बन्धित खबर