डबल डिजिटमा लाभांश दिने उदारो प्रतिवद्धतासँगै सगरमाथा लुम्बिनीको साधारणसभाबाट संचालकको १०८.३३ प्रतिशत बैठक भत्ता बृद्धिको प्रस्ताव पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको २८ औं बार्षिक साधारणसभामा सेयरधनीहरुले संचालक बैठक भत्ता बृद्धि प्रस्तावको चर्काे विरोध गरेका थिए । सभामा बोल्ने सवै जना सेयरधनीहरुले बैठक भत्ता बढाउन नहुने तर्क राखेका थिए । सभामा दुई दर्जन जति सेयरधनीहरुले बोलेका थिए । अधिकांश सेयरधनीहरुले अहिलेको अबस्थामा कम्पनीमा खर्च कटौती गर्नु पर्ने अवस्था भएको भन्दै संचालक समितिको बैठक भत्ता बृद्धिको प्रस्ताव रद्द गर्न अनुरोध गरेको थिए । तर, कम्पनीको सिईओ चंकी क्षेत्री र संचालक समितिका अध्यक्षले मनोहर दास मुलले गजव्बको चलाखी देखाए । सभाहल सुरु भएको केही समयपछि खाना खोलिदिए । सेयरधनीहरु खाना खोलिदिएपछि खाना खान व्यस्त भए । सभाहलमा गनेर १२ जना सेयरधनी र ३० जना भन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको थियो । सभामा हलमा सेयरधनीलाई धेरै बोल्न र धेरै विरोध नगर्न कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव बरिष्मा साउद आचार्य सेयरधनीलाई पछाडिबाट दबाब दिईरहेकि थिइन् । सेयरधनीहरुले उनको दबाबलाई तपाईहरुको साधारणसभा होइन हाम्रो सभा हो भन्दै विरोध समेत गरेका थिए । सभाहलको सेयरधनीहरुको व्यवस्थापन चाही भने प्रमुख वित्त अधिकारी गणेश ढकालले जिम्मा लिएका थिए । सभाहलमा विरोध गर्ने सेयरधनीहरुलाई गणेश ढकालको सुटुक्क गएर विभिन्न प्रलोभनमा देखाएर थमाएका थिए । सेयरधनीले बोलिसकेपछि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव आचार्यले सेयरधनीको प्रश्नमाथि उत्तर दिन अध्यक्ष दासलाई अनुरोध गरेका थिइन् ।
अध्यक्षले सेयरधनीले उठाएको मनोरन्जन खर्च लगायतको प्रश्नको उत्तर नदिई सेयरधनीको माझा लाभांशको वाण फाले । न्यून संख्यामा सेयरधनी उपस्थित रहेको र ठूलो संख्यामा कर्मचारी उपस्थिति भएको सभाहलमा अध्यक्ष दासले यस आर्थिक २०८१/८२ मा डबल डिजिट भन्दा धेरै लाभांश दिने र संचालक समितिको बैठक भत्ताको विरोध नगर्ने अनुरोध गरे । त्यो पनि नगद र बोनस सेयरमा ५० ५० प्रतिशतको अनुपातमा लाभांश दिने उदारो प्रतिवद्धता गरे । अध्यक्ष दासको यो प्रतिवद्धतासँगै सेयरधनी संचालक समितिको बैठक भत्ता बृद्धिको प्रस्ताव पारित गर्न राजि भएका थिए । अर्काे वर्ष बम्पर प्रतिफलमा नगद र बोनस सेयरको अनुपात सन्तुलन नआए बार्षि साधारणसभा चर्काे विरोध गर्ने सेयरधनीहरुले अध्यक्ष र सिईओलाई चेतवानीसमेत दिएका छन् ।
कम्पनीको सभामा संचालक समितिको अध्यक्षको प्रति बैठक भत्ता १२ हजारबाट २५ हजार र संचालक समितिका सदस्यहरुको प्रति बैठक भत्ता १० हजारबाट २३ हजार पुर्याउने प्रस्ताव गरेको थियो । त्यसै गरी त्यसै गरी समिति वा उप समितिका संयोजक था सदस्यहरुको बैठक भत्ता पनि प्रति बैठक भत्ता १० हजारबाट २३ हजार पुर्याउने प्रस्ताव गरेको थियो । जुन बैठक भत्ता १०८.३३ प्रतिशतले बढेको हो ।
अध्यक्षले यस डबल डिजिटमा लाभांश दिने घोषणसँगै सेयरबजारका लगानीकर्ता यति खेर तंरगित भएका छन् । अहिले नै अध्यक्ष र सिईओले पब्लिक फोरम नै लाभांश घोषणा गरेपछि लगानीकर्ताले आवाज उठाउन थालेका छन् । लाभांश आउने हिसावले दोस्रो बजारमा लगानी गरौला, भोली लाभांश आएन भने त डुबिने लगानीकर्ता चन्द्रकान्त श्रेष्ठले बताए । कम्पनी अध्यक्ष दासले इन्साइडर सुचना फैलाएर नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई खुलमखुला चुनौती दिएको श्रेष्ठको भनाई रहेको छ ।
Shares