नेपाली क्रिकेट टिमलाई मेरीना इम्पेक्सले ४० जोर सुट दिने

प्रकाशित:
१६ कात्तिक २०८०

काठमाडौँ । मेरिना इम्पेक्स र सिलाई केन्द्रले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिने भएको छ । मेरिना इम्पेक्स र सिलाई केन्द्र र नेपाल क्रिकेट सघंबीच बिहीबार उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
टी–२० वर्ल्ड कपमा नेपाली क्रिकेट टिमको सहभागिताको प्रबल सम्भावना रहेको बेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । मेरिना इम्पेक्स र सिलाई केन्द्र नेपाली सुट बजारमा लोकप्रिय नाम हो । नेपाली सुट बजारमा मेरिना इम्पेक्स र सिलाई केन्द्रले विगत ४० वर्षदेखि राज गर्दै आइरहेको छ । मेरिना इम्पेक्सको विभिन्न ठाउँमा आधा दर्जन जति शाखा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares