बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रार परिर्वतन, हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त

अर्थकागज
प्रकाशित: २६ असार २०८२
Image description

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । बलेफी हाईड्रोपावरको संचालक समितिको निर्णय अनुसार यस हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाण्डौंलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

अब, बलेफी हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।

बलेफी हाईड्रोपावर लिमिटेडको प्रधान कार्यालयको दरवारमार्ग काठमाडौंमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच सेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर