सर्वोत्तम सिमेन्टको सेयरधनी मालामाल, सातौ दिन पोजेटिभ सर्किट

अर्थकागज
प्रकाशित: १४ चैत २०८०
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्टका सेयरधनी कारोबार खुलेको सातौ दिनसम्म आइपुग्दा मालामाल भएका छन् । दोस्रो बजारमा सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि सेयरधनी छोटो समयमै मालामाल भएका हुन् । नेप्सेका सुचिकृत भई कारोबार खुलेको दिनदेखि सर्किट लागेको यस कम्पनीको सेयर मुल्यमा आज सातौ दिन पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको क्ब्च्द्यत्ः सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते , चैत्र १२ गते, चैत्र १३ गते , आज चैत्र १४ गते र चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर