सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: ०६ वैशाख २०८१
Image description

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि शुक्रबार चैत ७ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

सूर्यज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर