सोनापुर मिनरल्स ८ करोड घाटामा, प्रतिसेयर आम्दानी ११ रुपैयाँले ऋणात्मक

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८१
Image description

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने ७९.०८ प्रतिशतले घटेर ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा १ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४५ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर