तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थपियो
प्रकाशित:
०४ साउन २०८२
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै अब कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले असार १६ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares