सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
प्रकाशित:
०७ साउन २०८२
काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले आज एक कार्यक्रम बीच सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २०% सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस IPO मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
IPO बाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक Underground Cable उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Aluminium Furnance Plant जडानगर्ने लक्ष्य लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यतः Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छI
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares