'हकप्रदको पैसाले ऋण तिर्छौँ, नयाँ आयोजना गर्छौँ र सेयरधनीलाई लाभांश बाँड्छौँ' (अन्तरवार्ता)


आँखुखोला जलविद्युत कम्पनीले आइतबारदेखि १५० प्रतिशत अर्थात् १०० बराबर १५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरेको छ । सेयरधनीले आगामी भदौ १६ हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनपछि १ अर्ब २० करोड पूँजी थपिने छ । २०८० असार मसान्तसम्म सेयर किन्नेहरुले आँखुखोलाको हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीको अहिलेको अवस्था र हकप्रदबाट संकलित रकम कहाँ खर्च गर्ने योजना छ भनी हामीले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष राम श्रेष्ठसँग कुराकानी गरेका थियौं । अध्यक्षसँग गरिएको कुराकानीको संपादित अंशः
एकैपटक चुक्ता पूँजीको डेढ गुणा बढी बराबरको हकप्रद सेयर निस्कासन गर्नुभयो । कम्पनीलाई यति धेरै पैसा किन चाहियो ?
हामीले आँखुखोला जलविद्युत आयोजन २ बनाउन लागेका छौं । हकप्रदबाट उठेको रकमबाट केही रकम कम्पनीको ऋण तिर्नेछौं । बाँकी रकम आँखुखोला जलविद्युत आयोजन २ मा लगानी गर्नेछौं । नयाँ आयोजना बनाउन रकम जुटाउन पैसा आवश्यक भएको हो ।
अहिले आँखुखोलाको वित्तीय अवस्था कस्तो छ ?
कम्पनीको आम्दानीले बैंक ऋण तिर्ने र जनशक्ति व्यवस्थापन गर्ने गर्दै आएका छौं । हामीले नयाँ कम्पनीमा लगानी गर्न हकप्रद जारी गर्न आँटेका हौँ ।
नयाँ कम्पनी भन्नाले कुन कम्पनी हो ?
यो २० मेगावाटको गणेश हिमाल जलविद्युत आयोजना हो । एकदमै राम्रो परियोजना हो । आँखुखोलाभन्दा करिब ३ किलोमिटर मात्रैमाथि रहेको यो । करिब प्रति मेगावाट १९ करोड रुपैयाँमा आयोजना पूरा हुन्छ भन्ने अपेक्षा छ । अहिले पिपिएलगायत सबै काम भएर अब निर्माणमा जान मात्र बाँकी छ ।
आँखुखोलाको ऋणसमेत तिर्ने योजना रहेछ । आँखुखोलाका लगानीकर्ताले लाभांश कहिले पाउँछन् ?
लगानीकर्ताहरूले चाँडै लाभांश पाउँछन् । त्यसका लागि हामी अगाडि बढेका हौं । एक त आँघुखोलाको ऋण घट्ने बित्तिकै हामी नाफामा जान्छौँ । अर्को कुरा, एक अर्ब २० करोडमध्ये ८० करोड रुपैयाँ नयाँ परियोजनामा लगाउँछौँ । त्यस आयोजनामा हाम्रो ६० प्रतिशत शेयर रहन्छ ।
भनेपछि यही वर्ष लगानीकर्ताले लाभांश पाउँछन् ?
यही वर्ष त भन्न सकिँदैन । किनभने नयाँ परियोजनाका लागि ८/१० महिना लाग्छ । यसमा समय लाग्छ । त्यसकारण हामी यसै वर्ष दिने प्रयास त गर्छौँ । अर्को आर्थिक वर्षमा लाभांश दिने सम्भावना धेरै छ ।
आँखुखोलाको हकप्रद सेयरमा लगानीकर्ताले के आधारमाम लगानी गर्ने ?
हामीले आँखुखोलाको लाभांस दिन सकेका छैनौं । त्यहि लाभांस दिनलाई हामीले हकप्रद सेयर जारी गर्न लागेका हौं । जुन पैसा हकप्रद सेयरबाट आउने हो, त्यो पैसा हामीले सही ठाउँमा लगानी गर्दैछौँ ।
यसलाई दुई तरिकाले हेर्न सकिन्छ, कम्पनीको एक अर्ब बीस करोड ऋण छ । ४० करोड रुपैँया तिरेर ऋण घटाउदै जाँदा त्यसको फिगर नै परिवर्तन हुन्छ ।
अर्को कुरा, नाफा गर्नको लागि नयाँ प्रोजेक्टमा लगानी गर्न लागेका छौँ । हाम्रै अधिनमा रहेर आखुँखोला २ निर्माण ह्ुँदैछ । त्यसलाई हामीले करिब तीन वर्षमा पूरा गर्ने लक्ष्य लिएका छौँ । त्यसमा पनि आइपीओेमा जान्छौँ । यसका लागि सबै कुरा तयार भइसकेको छ ।
पछिल्लो समय कम्पनीको वित्तीय विवरण हेर्दा सन्तोषजनक छैन । कम्पनीको वित्तीय अवस्था यत्तिको नाजुक हुनुको कारण के हो ?
हाम्रो आयोजनाको मेन्टिनेन्स पनि भइरहेको छ । अनि ट्रान्समिसन लाइनले पनि अलि डिस्टर्ब गरिरहेको छ । विद्युत प्राधिकरणले एउटा डिभाइस पनि राखिदिएको छैन । तीन वटा युनिटमा दुई वटा मात्रै टर्वाइन चलाएइरहेका छौँ । त्यसले गर्दा अलिकती गाह्रो अवस्था आएको हो । ट्रान्समिसन लाइनको समस्या समाधान गरिसकेका छौँ । डिभाइस पनि छिटोभन्दा छिटो जडान गरेर तीन वटै युनिट चलिसकेपछि हाम्रो पहिलेको जस्तै नियमित फ्लोमा आयोजना सञ्चालन हुन्छ । त्यसपछि समस्या हुँदैन ।
कम्पनी नाफामा नगएसम्म लाभांस बाँड्ने अवस्था हुँदैन, त्यहि भएर हकप्रद सेयर निकाल्नुपरेको हो । कुनै पनि व्यवसाय नाफामा जान नसकेपछि त्यसलाई फेरि प्रोटेक्ट गर्नलाई केहि लगानी गरेर उठाउन पर्याे नि, त्यहि भएर हामीले राइट सेयर निकाल्न लागेका हौँ । मलाई लाग्छ यो सही निर्णय हो । प्रोमोटरहरुले ढुक्क भएर यसमा लगानी गर्नुहुन्छ ।
आँखुखोलाले भोलिका दिनमा आँखुखोला २ बनाएजस्तै नयाँ लगानी गर्ने केही योजना छ ?
आँखुखोला २ सकेपछि हामी फेरि अर्काे त्योभन्दा ठूलो प्रोजेक्टमा जाने योजनामा छौँ । यसरी हामी लगानी गर्दै जानेछौँ ।
प्रतिक्रियाहरू
कुদাহ श्रेচঢ
8 months ago
Hello
Shares