१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८१
Image description

काठमाण्डौ । नागरिक लगानी कोष लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कोषको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कोषले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कोषको खुद ब्याज आम्दानी १५.८० प्रतिशतले बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ११.४१ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १२.३८ प्रतिशत बढेको छ भने कुल खर्च ७.४० प्रतिशतले बढेको छ।

चैत्र मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर