प्रभु बैंक ३ लाख ३३ हजार कित्ता सेयर बिक्रिमा

अर्थकागज
प्रकाशित: २० असार २०८१
Image description

प्रभु बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले ३ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज असार २१ गते शुक्रबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकका बिभिन्न सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौ, बबरमहलमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर