अध्यक्ष उपेन्द्र प्रसाद पौडेलसँग नबिल बैंकको छैन् सेयर, सञ्चालक र पदाधिकारीको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: ११ पुस २०८०
Image description

काठमाडौं । नबिल बैंकको सञ्चालक पदाधिकारीहरुमा सवै भन्द धेरै सेयर निर्वाण कुमार चौधरीको रहेको छ । आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतवेदन अनुसार चौधरीको १८ लाख ९७ हजार ४५९ कित्ता सेयर रहेको छ । चौधरी संस्थापक समुह तर्फबाट सञ्चालक समेत हुन् ।

त्यसै गरी बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको भने सेयर छैन । उपेन्द्र प्रसाद पौडेल सञ्चालक समितिका अध्यक्ष हुन् । त्यसै गरी स्वतन्त्र सञ्चालक आशा राणा अधिकारी, सस्थापक सञ्चालक मलय मुखर्जी र संस्थापक सञ्चालक एआरएम नवमुख शकिबको पनि बैंकको सेयर छैन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको भने १० हजार ५९ कित्ता सेयर रहेको छ । नबिल बैंकले आज अर्थात पुष १२ गते आज ३९ औं वार्षिक साधारणसभा आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न गरेको छ । सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

कसको कति कित्ता ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर