गरिमा विकास बैंकले कर्मचारीलाई २० करोड ६५ लाख लाभांश बाड्यो, सेयरधनीहरु रुष्ट !

अर्थकागज
प्रकाशित: १५ माघ २०८२
Image description

काठमाडौं । सेयरधनीलाई ४.५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर लाभांश बाँडेको गरिमा विकास बैंकले कर्मचारीलाई २० करोड ६५ लाख४६ हजार ८८८ रुपैयाँ लाभांश बाँडेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकले उक्त लाभांश बाडेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७ करोड २१ लाख ८० हजार १७९ रुपैयाँ बाँडेको थियो । बैंकले कर्मचारीलाई दिने लाभांश करिव ३ गुणा बढाएको छ । बैंकले कमाएको नाफा कर्मचारीलाई मात्र पोस्ने सिईओ माधव प्रसाद उपाध्यायको रणनीतिमाथि सेयरधनीहरुले चर्को विरोध गरेका छन् । सेयरधनी लक्ष्मण श्रेष्ठले भने-' कर्मचारीलाई दिने लाभांशमाथि कटौती गर्नु पर्नेदेखिन्छ । सेयरधनीलाई भनेनगद लाभांश घटाउँदै जाने, अनि कर्मचारीलाई मात्र लाभांश बढाउन मिल्दैन । बैंक भित्र सिईओको समेत तलव भत्ता कटौती गर्नुपर्ने श्रेष्ठको भनाई रहेको छ ।'

प्रतिक्रियाहरू

सम्बन्धित खबर