एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेको तलब/भत्ता ३ करोड ५५ लाख, शेयरधनीलाई लाभांश छैन्, सिईओ न्यौपानेले लिए लाखौं रकम बोनस


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई करोडौं रुपैयाँ तलब/भत्तामा भुक्तानी गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा सिईओलाई तलव भत्ता लगायत विभिन्न शिर्षकमा ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । बैंकको सिईओमा रोशन कुमार न्यौपाने रहेका छन् ।
बैंकले यो आर्थिक वर्षमा सिईओ न्यौपानेलाई तलब भत्ता २ करोड ८८ लाख ९४ हजार ६३५ रुपैयाँ, कर्मचारी बोनस ६४ लाख ५६ हजार ५८३ रुपैयाँ, अन्य रकम ९१ हजार ५ सय रुपैयाँ र अन्य सुबिधा १ लाख ४४ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ । त्यसै गरी बैंकको यस आर्थिक वर्षको कुल कर्मचारी खर्च ४ अर्ब ४६ करोड ८६ लाख १ हजार ५५० रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
Som lama
1 month ago
लामोजस्तो गरिब मारा बेन्क यस्तो होल्दर मारा बेन्क को शेर नकिन्नु होला भको नि सेल गर्द थिक होल
Shares