कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थाल्यो
प्रकाशित:
१८ पुस २०८१
काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो । राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो । बैंकले भुक्तानी गरिने १६ शाखा कार्यालय पनि तोकेको छ भने बिहानको ११ बजेदेखि भुक्तानी सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares