युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा

प्रकाशित:
२२ माघ २०८०

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनील् गत आर्थिक बर्षको मुनाफाबाट ५.७८९ लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५।५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश कर तिर्न दिने निर्णय गरेको हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन(१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares