प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको निधन

अर्थकागज
प्रकाशित: २२ मंसिर २०८२
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ । मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको नायब महाप्रबन्धक, धान चामल निर्यात कम्पनीको महाप्रबन्धक बनेका थिए । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंकहुँदै प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर