नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८१
Image description

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले ९१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै बोनस सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सोहीअनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने एजेन्डा रहेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

अतः पुस ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर