हाथवे इन्भेष्टमेन्टले म्युचुअल फन्डलाई छुट्ट्याएको आईपीओको लकइन अवधि समाप्त हुँदै

अर्थकागज
प्रकाशित: २२ फागुन २०८०
Image description

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सामूहिक लगानी कोषहरुको लागि छुट्टयाईएको साधारण सेयरको लकईन अवधि आगामी चैत १ गते समाप्त हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डको मिति २०८० कार्तिक २० गतेको निर्देशन अनुसार कम्पनीले सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिएको साधारण सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिनासम्म लकईन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्टाएको सेयरको ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको थियो ।

कम्पनीले आज एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको मध्य बाँकी रहेको ३६ हजार ५ सय १२ कित्ता सेयरको लकइन समय चैत १ गते सकिने जनाएको हो । मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर