ग्राहकहरूको हितमा सन नेपाल लाइफद्वारा ७५% ब्याज छुट अभियान
प्रकाशित:
०२ पुस २०८१
सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन्:
क. आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने।
ख. आफ्ना ग्राहक र उहाँहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने।
ग. ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने।
घ. ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने।
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको
महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares