बैंक सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन
प्रकाशित:
०१ माघ २०८१
काठमाडाैं। सिद्धार्थ बैंक सञ्चालक समिति बैठकले अध्यक्षमा राहुल अग्रवाललाई चयन गरेको छ। २३औं वार्षिक साधारणसभा अवसरमा बसेको सञ्चालक समिति बैठकले अग्रवाललाई बैंक सञ्चालक समिति अध्यक्ष चयन गरेको हो। यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा मनोजकुमार केडिया थिए।
साधारणसभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट राहुल अग्रवाल, दिनेशशंकर पालिखे र वीरेन्द्रकुमार शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
सर्वसाधारण सेयरधनी समूहबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares