महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोग गर्न राष्ट्रपतिलाई महिला उद्यमी महासंघ नेपालको अनुरोध
प्रकाशित:
०६ वैशाख २०८१
काठमाडौं । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा महिला उद्यमी महासंघ नेपालको कार्यकारीणी सदस्यहरु र सचिवालयका कर्मचारीहरु समेतको टोलीले आज नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटघाट गरेको हो ।
भेटघाटका क्रममा संघका अध्यक्ष शोभा ज्ञवालीले सम्माननीय राष्ट्रपति समक्ष नव वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुहुँदै महिला उद्यमी महासंघ नेपाल नेपाल भरीका उद्यमी महिलाहरुको प्रतिनिधि संस्थाको रुपमा कार्यरत रहेको र महासंघले विगत दुई दशक देखि समावेशी तवरले महिला उद्यमीहरुको विकास एंव प्रवद्र्धनमा सहयोग पुर्याउँदै महिलाहरुको सामाजिक तथाा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको जानकारी गराउनु भयो । साथै महासंघले नेपाल भरीका ७७ वटै जिल्लाहरुमा महिला उद्यमी संघहरुको विस्तार गर्ने उद्देश्य अनुरुप हालसम्म ६७ जिल्लामा जिल्ला संघहरुको स्थापना गरी ५४०० भन्दा बढि महिला उद्यमीहरुलाई महासंघमा आवद्ध गरेको व्यहोरा राष्ट्रपतिज्यूलाई अवगत गराउँदै राष्ट्रिय एवँ अन्र्तराष्ट्रिय स्तरमा हुने नितिनिर्माण एंव निर्णय प्रकियामा महिला उद्यमीहरुका हक–अधिकारहरुको सुनिश्चितताका लागि महांसघले शसक्त ढगंबाट वकालत गर्दै आईरहेको व्यहोरा जानकारी गराउनुभयो ।
भेटका क्रममा महासंघका अध्यक्ष शोभा ज्ञवालीले महासंघले मिति २०८० चैत्र १६ देखि २० गते, तद्नुसार मार्च २९ देखि २ अप्रिल २०२४ सम्म ७औँ अन्र्तराष्ट्रिय महिला व्यापार मेलाको आयोजना गरी देश भरिका महिला उद्यमीहरुका साथै विदेशी उद्यमी महिलाहरुको समेत सहभागिता रहेको र उक्त मेलाको समुद्घाटन नेपालका माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू ले गर्नुभएको जानकारी गराउँदै मेलाका अवसरमा सहभागि महिला उद्यमीहरुलाई लक्षित गरी विभिन्न कार्यशाला गोष्ठिहरु तथा छलफल कार्यक्रमहरु आयोजना गरिएको साथै मेलाका अवसरमा नेपालस्थित विभिन्न राजदुतावास तथा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको जानकारी गराउनु भयो ।
सोही भेटघाटका अवसरमा महासंघका अध्यक्ष शोभा ज्ञवालीलेसम्पूर्ण महिला उद्यमीहरूको तर्फ बाट सम्माननीय राष्ट्रपतिज्यू समक्ष देशको समग्र आर्थिक विकासको निमित्त सम्पूर्ण महिलाहरुकोे जीवनस्तर उकास्न आवश्यक रहेको र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन नेपालको आर्थिक बजेट एक महत्वपूर्ण औजार भएकोले महिला उद्यमशिलता विकासका माध्यमबाट महिलाहरुको आर्थिकस्तर उकास्नका लागि विभिन्न कार्यक्रम तथा बजेट विनियोजन गर्न र महिलाहरुको आर्थिकस्तर उकास्ने लक्ष्यलाई राष्ट्रिय प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रपतिज्यूबाट संसदलाई सम्बोधन हुने बजेट कार्यक्रम र प्राथमिकतामा महिला उद्यमशिलता विकासमा टेवा पुर्याउनको लागी आगामी आ.व. २०८१÷०८२ को बजेट निर्माणका क्रममा महिलाहरुको व्यावसायिक क्रियाकलापमा सक्रिय सहभागीतामा जोड, परियोजना प्रस्ताव तयारी, सहुलियतपूर्ण वित्तीय पहुँच तथा बजार व्यवस्थापनमा सहयोग, स्वदेशी उद्यमशिलताको संरक्षण र विकास, महिलाद्वारा सञ्चालित व्यवसायको विस्तार र विविधीकरणमा सहयोग पु¥याउन सहुलियतपूर्ण कर्जा कार्यक्रम, महिला उद्यमी तथा व्यवसायीले सञ्चालन गरेका व्यवसायहरुलाई शुल्क, जरिवाना र दस्तुर मिनाहा गर्ने सुविधा प्रदान गर्न, उद्योग तथा लगानी प्रवद्र्धन कोष मार्फत महिला उद्यमशीलता विकास कोष कार्यक्रमलाई सक्रिय रुपमा परिचालन गर्न, महिला उद्यमीका उत्पादनहरुलाई प्रोत्साहन गरी उत्पादनको बजारीकरणलाई प्रवद्र्धन गर्न, सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत प्रवाह भएको कर्जा आवेदन र रु. १५ लाखसम्मको सबै प्रकारको कर्जा स्वीकृतिको विवरण विद्युतीय माध्यमवाट प्रदान गर्ने व्यवस्था सबै बैंक तथा वित्तीय संस्था मार्फत गर्न, बैंक तथा वित्तीय संस्थाको सबै शाखाले प्रत्येक वर्ष न्यूनतम दुई पटक महिला केन्द्रित वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न, सरकारहरूलाई गर्नुपर्ने सबै भुक्तानीहरूका लागि एकद्वार प्रणाली (अनलाइन) मार्फत गर्न, महिला उद्यमहरूका लागि निर्देशित ऋणमा कम्तिमा ३०% विनियोजन गर्न, महिला उद्यमहरूलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय व्यापार मेलाहरूमा सहभागी हुन सहयोग गर्न आवश्यक व्यवस्था र बजेट विनियोजन गर्न र निर्यात सहज बनाउन महिला उद्यमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्न सहयोग गर्ने व्यवस्था मिलाउन आवश्यक नीतिगत व्यवस्था तथा बजेट विनियोजन गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
सम्माननीय राष्ट्रपतिज्यूले विभिन्न क्षेत्रका उद्यमहरुको प्रतिनिधित्व गर्ने महिला उद्यमीहरुसंग भेटघाट गर्न पाउँदा आफूलाई खुशिलागेको व्यहोरा व्यक्त गर्दै, स्देशी उत्पादनलाई प्राथमिकता दिई स्वदेशमा नै उद्यमशिलता बढाउन सके स्वदेशमा नै रोजगारी श्र्रजना हुने र रोजगारीका लागी विदेशिनु पर्ने वाध्यताबाट समेत राहत हुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्न अनुरोध गर्नुभयो । साथै देशका सम्पूर्ण उद्यमी महिलाहरुको तर्फबाट नीतिगत तथा बजेट विनियोजनका लागी पेश भएका विषयहरुमा सम्वन्धित निकायहरुलाई जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares