हिमालयन रिको बार्षिक साधारणसभाबाट लाभांशसहित सबै प्रस्ताव पारित
प्रकाशित:
२५ जेठ २०८२
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथाो बार्षिक साधारणसभा आज प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले सभाले हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोड रुपियाँबराबरको ४.५० प्रतिशतका दरले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले लेखापरीक्षकसहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, चालू आवमा कम्पनीबाट भएको सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्च अनुमोदन गर्नेलगायतका प्रस्तावपनि पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आर्थिक वर्ष २०८०/८१ मा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन समेत गरेको छ । सभामा २७ जना सेयरधनीले बोलका थिए । बोल्ने अधिकांश सेयरधनीहरुले यो आर्थिक वर्षमा लाभांश बढाउन अनुरोध गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares