मेरो माईक्रोफाइनान्सको नाफामा गिरावट, ४९ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

अर्थकागज
प्रकाशित: १९ माघ २०८०
Image description

काठमाडौं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.१७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.०८ प्रतिशत बढेको छ त्यस्तै लघुवित्तको खराब कर्जा भने बढेर ७.८७ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ४.९६ प्रतिशतमा सिमित थियो ।

संस्थाको खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि खुद मुनाफा घटेको हो । समिक्षा अवधिमा संस्थाको वितरणयोग्य मुनाफा भने ४९.४७ प्रतिशतले बढेर ६ करोड ९७ लाख रुपैयाँँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ९.७४ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४९.२२ रुपैयाँ ६४ पैसा रहेको छ । १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६४ करोड ९६ लाख रुपैयाँ संञ्चितछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर