लगानीको अवसर, ‘रिलायबल समृद्धि योजना’को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेडले वैशाख ३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘रिलायबल समृद्धि योजना’ मा आजसम्म (वैशाख ९ गते) मात्रै आवेदन दिन सकिने भएको छ ।
यसअघि कम्पनीले इकाइ खरिदका लागि वैशाख ७ गतेसम्म आवेदन दिन पाउने भने पनि पर्याप्त आवेदन नपरेपछि वैशाख १७ गतेसम्मका लागि म्याद थप गरेको थियो । तर पर्याप्त आवेदन परेसँगै आजैबाट बन्द गर्न लागेको हो । कम्पनीले प्रतिइकाइ १० रुपियाँका दरले १ अर्ब रूपियाँबराबरको कुल १० करोड इकाइ बिक्रीमा ल्याएको छ ।
कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात् १० लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यस १० वर्षे बन्दमुखी योजनामा लगानीकर्ताले न्युनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म दिन सक्नेछन् ।
रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक एवं रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको निष्कासक तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
Shares