राधी विद्युत कम्पनीको लाभांश घोषणा, डाक्यो साधारणसभा

अर्थकागज
प्रकाशित: ०८ पुस २०८०
Image description

काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पीले लाभांश घोषणा सँगै साधारणसभा समेत डाकेको छ । कम्पनीको पुस ७ गते (शनिबार) बसेको संचालक समितिको बैठकले

उक्त आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट साधारणसभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले पुस १५ गते बुक क्लोज तय गरेको छ । अर्थात पुस १४ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरु मात्र कम्पनीले घोषणा गरेको तथा सभामा भाग लिन पाउनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर