नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: २१ साउन २०८१
Image description

काठमाडौैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । आईपीओ जारी गर्न कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई आज एक कार्यक्रमको बीच नियुक्त गरेको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी मिति २०७९÷१२÷२७ मा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०÷०१÷२६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर