सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

अर्थकागज
प्रकाशित: ०९ असोज २०८२
Image description

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा आज मिति २०८२ आश्विन ०९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, वार्षिक नाफा–नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरि पारित गरिएको छ ।
साथै सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी रु. २० करोड रुपैंयाको ३० प्रतिशत अर्थात रु. ६ करोड रुपैंया (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरिनुका साथै निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा निक्षेप सदस्य सम्बन्धि सेवा प्रदान गर्न इजाजतपत्रप्राप्त मर्चेन्ट बैंकर हो । सिद्धार्थ बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस कम्पनीले काठमाडौं स्थित प्रधान कार्यालयसँगै पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज, वीरगञ्ज र विराटनगर स्थित सम्पर्क कार्यालय तथा सिद्धार्थ बैंक लिमिटेडको सम्पूर्ण शाखामार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर