५५ प्रतिशतले घट्यो इमर्जिङ नेपालको नाफा, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २५ माघ २०८०
Image description

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको संचालन आम्दानी पनि ५८.३८ प्रतिशतले घटेर ५१ लाख ८२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि घटेर ३१ लाख ५५ हजार रुपैयाँमा सिमित छ । कम्पनीले लगानी गरेको होटल एलिस द वण्डर लिमिटेडमा अपेक्षा अनुसारको व्यवसाय नहुनु र पर्यटकको आवागमन नहुँदा मुनाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।

५५ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भको आकार ३ करोड १९ लाख रुपैयाँ बराबरको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) घटेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.७६ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर