१० भन्दा बढी बाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले १० भन्दा बढी बाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्री मोनेटरी पोलिसी छलफल कार्यक्रममा बोल्दै उनले बैंकहरुको अर्बौमा नाफा भएजस्तै देखिएपनि १० भन्दा बढी बाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक भएको बताएका हुन् ।
विगत ३ वर्षदेखि बैंकहरुको आरओआइ निरन्तररुपमा घटिरहेकाले बैंकिङ क्षेत्र यही अवस्थामा सधैंभरी चल्न सक्ने वा नसक्ने विषयमा गंम्भिर भएर सोच्नेवेला आएको उनले बताए ।
कार्यक्रममा बैंकिङ क्षेत्रमाथि निरन्तररुपमा चौतर्फी प्रहार गर्ने काम भइरहेको भन्दै यसलाई रोक्नुपर्नेमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जोड दिए । निजी क्षेत्र र बैंकिङ क्षेत्र एउटै बोर्डमा बसेर काम गरिरहेकाले बैंकहरु बचाउने प्रमुख दायित्व निजी क्षेत्रको भएको उनले बताए।
पछिल्लो समय निर्माण क्षेत्र सबैभन्दा बढी समस्या भएकाले बैंक वित्तीय संस्थाहरले आगामी वर्षको बजेटबाट कुनै पनि माग नराखेको उनले बताए। निर्माण क्षेत्रको सबैभन्दा बढी खराव कर्जा रहेको र यस क्षेत्रकै कर्जा सबैभन्दा धेरै पुर्नतालिकीकरण गरिएकाले निर्माण क्षेत्रलाई माथि उकास्नुपर्नेमा हामीले जोड दिएका छौं । बैंकहरुले ऋण दिन नजानेर खराव कर्जा नबढेको केसीले बताए।
‘बैंकहरुकै कारण मात्रै खराव कर्जा बढेको होइन। बैंकहरुले ऋण दिन नजानेकै कारण खराव कर्जा बढेको होइन। अर्थतन्त्रमा आएको शिथिलताले खराव कर्जा बढेको हो । हाल नेपालको खराव कर्जा ३.९९ प्रतिशत रहेको छ । श्रीलंका र पाकिस्तानको तुलनामा हाम्रो खराव कर्जा निकै कम छ। बैंकहरुमाथि प्रतिसोधन साध्नु अनुचित छ । ८५ हजार भन्दा बढी रोजगारी दिने र एकैदमै धेरै रेगुलेटेट सेक्टरलाई बचाउन आवश्यक छ । कोभिडको समयमा राष्ट्र बैंकको नीति अन्तर्गत बसेर बैंक वित्तीय संस्थाले अर्थतन्त्र बचाएको थियो । पछिल्लो समय बैंकहरुको नाफा घटिरहेको समयमा सबैको ध्यान दिन आवश्यक छ’, केसीले भने ।
Shares