निजामती कर्मचारीलाई खुला बजारमा सेयर खरिदको अनुमति

अर्थकागज
प्रकाशित: २१ फागुन २०८०
Image description

कर्मचारीहरूलाई खुला बजारबाट सेयर खरिद गर्न अनुमति दिइने भएको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कर्मचारीहरूलाई खुला बजारबाट सेयर खरिद गर्न अनुमति दिने व्यबस्था गरेको हो।

महानगरपालिका र उपमहानगरपालिकामा एघारौं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने र नगरपालिकामा दसौं वा त्यस्तो कर्मचारी नभए राजपत्राङ्कित द्वितीय वा अधिकृत नवौं तहमा ३ वर्ष काम गरेको व्यक्ति हुने व्यवस्था प्रस्तावित छ।

गाउँपालिकामा अधिकृत आठौं तहको कर्मचारी वा त्यस्तो कर्मचारी नभएमा राजपत्राङ्कित तृतीय श्रेणी वा अधिकृत सातौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी हुने छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर