स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
प्रकाशित:
११ भदौ २०८२
काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।
छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares