हिमालयन बैंकको एफपीओको प्रि अलोटमेन्ट सम्पन्न, मंगलबार बाँडफाँड !
काठमाडौं । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ बाँडफाँडको तयारी गरेको छ । क्यापिटलले आगामी मङ्गलबार अर्थात साउन १३ गते एफपीओ बाँडफाँडको तयारी गरेको हो ।
एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। यो एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ। एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका छन् ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये ९ जनाले ११ कित्ता र बाँकिले १० कित्ता शेयर पाउने देखिन्छ।
प्रतिक्रियाहरू
Gurung
11 months ago
Share
Shares