सोनापुर मिनरल्सको आईपीओमा लगानीकर्ता झुमिए, पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले निश्कासन गरेको आईपीओ लगानीकर्ताको रोजाइमा परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार आज ५ : ३० बजेसम्म २ लाख ५ हजार ९५० जना आवेदकबाट २४ लाख २६ हजार ९० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले आज अर्थात असोज १४ गतेदेखि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर आईपीओ सर्वसाधारणको लागि निश्कासन गरेको छ ।
कम्पनीले यस अघि बैदेशिक रोजगारीमा भएका नेपालीहरुको लागि स्थानीयवासीको लागि आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजीको ४० प्रतिशत अर्थात १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री सर्वसाधारण लगानीकर्तालाई बिक्री ल्याएको थियो ।
जसमध्ये स्थानीयवासीको लागि १५ लाख ३७ हजार ५२५ कित्ता, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामुहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात ६ लाख ८ हजार २८४ कित्ता जारी गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि प्रिमियम सहित प्रति सेयर जम्मा मूल्य २ सय २५ रुपैयाँ दरमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ९७ लाख ३२ लाख ५४४ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो । कम्पनीले प्रति सेयर अंकित मुल्यमा १ सय मा प्रिमियम वापत १३७/५८ थप गरी प्रति कित्ता २३७/५८ रुपैयाँमा आईपीओ जारी गरेको हो ।
लगानीकर्ताले न्युनतम सेयर १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले निश्कासन गरेको आईपीओमा छिटोमा असोज १७ गतेसम्म र ढिलामा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट आवेदन दिने ?
यस कम्पनीको आईपीओमा आवेदन दिन सक्ने लगानीकर्ताले सम्पुर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
यस कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले त्रिपल बि को प्रमाणपत्र दिएको छ । जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
Shares