सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, साधारणसभा कहिले ?

अर्थकागज
प्रकाशित: १५ वैशाख २०८२
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज वैशाख १६ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि १७ गते एक दिन बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । कम्पनी सभा वैशाख २८ गते, रानीमहल बैंकेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका विशेष प्रस्ताव पनि पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर