सन नेपाल लाइफको लक्की नम्बर ८, तपाई पर्यो कि परेन ?

अर्थकागज
प्रकाशित: १५ भदौ २०८०
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आईपीको लक्की नम्वर ८ रहेको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङको कार्यालयमा विहान भएको आईपीओ बाँडफाँड कार्यक्रमका सेयरधनी लक्ष्मण श्रेष्ठले बल तानेका थिए । माग भन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धकको अनुसार मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

तपाईलाई पर्यो कि परेन आईपीओ ?

कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने भएको छ । आईपीओको नतिजा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np/allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।


प्रतिक्रियाहरू

Ram ratna shakya

1 year ago

Ipo rijult

सम्बन्धित खबर