अरुण काबेलीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

.png)
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १० गते बसेको संचालक समिती बैठकले कार्तिक ४ गतेका लागि १४ औँँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको १४ औँ बार्षिक साधारणसभा कार्तिक ४ गते आईतबार बिहान ११ बजेदेखि होटल क्रिष्टल पशुपति,गौशाला काठमांडौमा सुरु हुनेछ । कम्पनीले लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरी संकलन गरेको रकम मध्येबाट कावेली इर्नजी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने, काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजना ३७.६० मेगावाटमा कर्जा लगानी गर्ने बैंकलाई कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ त्यसैले असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
Shares