मोलुङ्ग हाइड्रोपावर ७७ लाख रुपैयाँ घाटामा

अर्थकागज
प्रकाशित: २५ साउन २०८१
Image description

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी २ लाख ६९ हजार रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख रुपैयाँ रहेको कम्पनी नोक्सानी समिक्षा अवधिमा घटेर ७७ लाख ४२ हजार रुपैयाँ पुगेको छ।


८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १४ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर